त्रिशुली नदीमा दैनिक तूइन चढेर ओहोर दोहोर गर्ने गोरखा र धादिङवासीको समस्यालाई लिएर बनाइएको फिल्म ‘तूइन’ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक साढे दुई मिनेट लामो ट्रेलरमा तूइन तर्दाको पिडा महसुश हुन्छ । ट्रेलर हेर्नुस् :

उत्सब प्रताप थपलियाको निर्देशन रहेको फिल्म ‘तूइन’ वास्तविक घटनामा आधारित भनिएको छ । केहि बर्ष अगाडी विद्यालय जाँदा तूइन चुँडिएर एक जना मात्रै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा पनि फिल्ममा छ । फिल्ममा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन् ।

‘तूइन’ लाई अमेरिकामा बस्दै आएकी सृजना उप्रेतीले निर्माण गरेकी हुन् । आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ । फिल्मको परिकल्पना अञ्जना बस्नेतको हो । फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

For More videos Log on to Mazzako TV