पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ को दोश्रो गीति भिडियो रिलिज भएको छ । तर सार्वजनिक ‘क्याट वक’ बोलको गीतमा पलले आँचलसँग रोमान्स गरेका छैनन्, फिल्मकी अर्की नायिका निलम चन्दसँग यी जेन्टलम्यानले रोमान्स गरेका छन् । भिडियो यस्तो छ :

स्वचित खड्काको संगीत, शब्द तथा स्वर रहेको गीतको भिडियोलाई केशव थापा र सरिता राँचलले गरेका हुन् भने एक्सन कोरियोग्राफी पारस विक्रम शाहले गरेका छन् । नितिन चन्दको निर्देशन रहेको फिल्मलाई एन्ड्रियु पौडेलले निर्माण गरेको फिल्मलाई एन्ड्रियु पौडेलले निर्माण गरेका हुन् भने सञ्जु शाह सह निर्माता र अजय मल्ल ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।  एक्सन लभ स्टोरी फिल्म ‘जोनी जेन्टलम्यान’ जेठ १९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV