विवाह पछि नायिका गरिमा पन्त नेपाल आएकी छिन् । बेल्जियमका व्यावसायी हरि शर्मासँगको बिहेपछि गरिमा पहिलो पटक नेपाली आएकी हुन् । श्रीमान शर्मासँग नेपाल घुमिरहेको तस्बिर गरिमाले इन्स्टामा सेयर गरेकी छिन् ।

‘झोला’ जस्तो प्रशंसित र पुरस्कृत फिल्ममा अभिनय गरेकी गरिमा विवाह पछि भने अभिनयबाट टाढा रहंदै आएकी छिन् । विवाह पश्चात् पनि गरिमा अभिनित फिल्म ‘तीन घुम्ती’ प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनको बेला पनि गरिमा प्रचारमा नेपाल आएकी थिइन् । अहिले भने श्रीमानसँग गरिमा किन नेपाल आइन् ? बुझ्नमा आएको छैन । श्रीमानसँग मिलेर उनले बेल्जियममै रेष्टुरेन्ट व्यावसाय गर्दै आइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV