एक्सन स्टार निखिल उप्रेतीलाई लिएर ‘भिलेन’ को छायाँकन सुरु गरिएको छ । निखिलसँगै दुई एक्सन लेडीले निशा अधिकारी र शिल्पा पोखरेल पनि ‘भिलेन’ मा मुख्य पात्रको रुपमा प्रस्तुत भएका छन् । यी तीन मध्ये फिल्मको भिलेन चाहिं को हो त ?

चन्द्रनीगाहपुर छायाँकनमा रहेकी नायिका शिल्पा पोखरेलले फिल्मबारे भनिन्, ‘भिलेन को हो भनेर चाहिं अहिले नै खुलाउन मिल्दैन् । अन्र्तजातिय विवाहको भिलेनलाई हामीले फिल्ममा देखाउन खोजेका हौं ।’ देवराज पाण्डेको निर्देशन रहेको फिल्मलाई कपिल खत्रीले निर्माण गरेका हुन् । फिल्ममा उनको पनि अभिनय छ । चैत २८ गतेदेखि छायाँकन सुरु भएको ‘भिलेन’ को छायाँकन तालिका ४० दिनको हो ।

For More videos Log on to Mazzako TV