अभिनेता अक्षय कुमारले फिल्म ‘रुस्तम’बाट राष्ट्रिय फिल्म अवार्ड जितेपछि यसले चर्को विरोध निम्त्यायो । अक्षय यो अवार्डका लागि हकदार थिएनन् भन्ने पनि चर्चा भैरहेको छ ।

अभिनेता सैफअली खान पनि राष्ट्रिय फिल्म पुरस्कार र पद्यमाश्री अवार्डका विजेता हुन् । उनै सैफअली खानले आफूले देशकै ठूलो पुरस्कार पाउँदाको क्षणलाई मिडियासँग शेयर गरेका छन् ।

सैफले भनेका छन् कि–‘जतिबेला मैले राष्ट्रिय फिल्म पुरस्कार जितेँ, मलाई मेरी आमाले फोन गर्नुभयो । म लण्डनमा खाजा खाइरहेको थिएँ । मलाई आमाले वधाई दिदै पहिलो फ्ल्याइट लिएर भारत फर्कन भन्नुभयो । तर, मैले यो कुरा मानिन । मैले, आमालाई भने म राष्ट्रिय अवार्डका लागि हकदार छैनँ ।’ उनले आफू भन्दा थुप्रै सिनियरहरु यसका लागि लायक भएको बताएका थिए ।

For More videos Log on to Mazzako TV