जेठ १२ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म ‘पर्व’ को ट्रेलर रिलिज गरिएको छ । दिनेश राउत निर्देशित सस्पेन्स थ्रिल फिल्ममा नायिका नम्रता श्रेष्ठ लभर गर्ल र नायक कोशिस क्षेत्री राइटरको भूमिकामा देखिन्छन् । नम्रता र कोशिस सँगै ट्रेलरमा माला लिम्बु, जेविका कार्की र केशव भट्टराई लगायत प्रस्तुत छन् । ट्रेलर यस्तो बनेको छ :

गोपिकृष्ण टिभी फिल्मी र सुवास इन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्म ‘पर्व’ लाई राजेश श्रेष्ठले खिचेका हुन् । फिल्ममा निर्माताको रुपमा सुवास गिरी र निकिता पौडेल छन् । ‘आइ एम सरी’, ‘नोभेम्वर रेन’, ‘क्लासिक’ जस्ता लभ स्टोरी फिल्म बनाएका निर्देशक राउतले पहिलो पटक सस्पेन्स थ्रिल बनाएका हुन् ।

फिल्म ‘पर्व’ को ‘काले दाई’ बोलको गीत हिट भैसकेको छ । जुन हिट गीतमा निर्देशक निश्चल बस्नेतको स्वर र आइटम छ । हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा कविराज गहतराजको कोरियाग्राफी छ ।

For More videos Log on to Mazzako TV