विश्व किर्तिमान राख्ने उद्धेश्य सहित खिचिएको वान सट ओके नेपाली फिल्म ‘जालो’ ले युट्युवमा चसो र चर्चा बटुल्न सफल भएको छ । यो फिल्मको सार्वजनिक ट्रेलर नेपालको युट्युव ट्रेन्डिङमा नम्वर वानमा पर्न सफल भएको छ । नेपालसँगै रसियामा समेत ‘जालो’ को ट्रेलर ट्रेन्डिङमा परेको छ । कसरी रसियाको युट्युवमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा पर्यो त ?


निर्देशक अराज केशव गिरीको जानकारी अनुसार रसियाको एआरसी नामक एक घण्टा ३९ मिनेट लामो वान सट ओके फिल्मले गिनिज बुकमा नाम लेखाएको छ । अब यसको रेकर्ड ‘जालो’ ले तोड्ने पक्का छ । ‘जालो’ एक घण्टा ५३ मिनेट लगाएर वान सटमा खिचिएको फिल्म हो जुन फिल्म जेठ १९ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । यसकै कारण पनि ‘जालो’ लाई रसियानले चासोका साथ हेरेका छन् र प्रतिक्रिया पनि दिइरहेका छन् ।

निर्देशक गिरीकै कथा तथा लेखन रहेको फिल्म ‘जालो’ लाई हरी घले लामाले खिचेका हुन् भने सम्पादन विपिन मल्लले गर्दैछन् । फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदाश श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, निर शाह, लक्ष्मी गिरी लगायतको अभिनय छ । ‘जालो’ लाई अराज र मोहित मुनाल मिलेर निर्माण गरेका हुन् । ट्रेलर हेर्नुस् :

‘जालो’ टिमसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV