बलिउड अझै पनि हिरोइज्मबाट मुक्त हुन सकेको छैन । पुरुष स्टारकै कारण बलिउडका फिल्मले सयदेखि तिनसय करोडसम्म कमाउँछन् । तर, जब अभिनेत्रीहरु सोलो अभिनयमार्फत पर्दामा आउँछन्, दर्शकले खासै वास्ता गर्दैनन् ।

अभिनेत्री सोनाक्षी सिन्हाको हकमा पनि यस्तै भएको छ । उनी, अभिनित फिल्म ‘नुर’ले बक्स अफिसमा निकै कमजोर सुरुवात गरेको छ । शुक्रबार त यो फिल्मको व्यापार जम्मा १.५४ करोडको थियो ।

यो चिसो सुरुवात हो । सोनाक्षी अहिले बलिउडका स्टार अभिनेताहरु छाडेर सोलो अभिनय गर्नमा व्यस्त छिन् । कतै, सोनाक्षी अभिनेताद्धय सलमान खान र अक्षय कुमार विना नचल्ने त होइनन्, अहिले यहि चर्चा बलिउड बजारमा छ ।

For More videos Log on to Mazzako TV