अभिनेत्री करिना कपुर अहिले चिन्तामा छिन् । उनले गतबर्ष छोरालाई जन्म दिएकी थिइन् । छोराको जन्मपछि उनको तौल बढेको थियो । अहिले उनलाई बढेको तौल घटाएर फिट देखिनुपर्ने दबाब छ ।

यसको पछाडि, फिटनेशमा रहनुमात्र कारण होइन । करिना अर्को महिनादेखि नयाँ फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । जसकाकारण, उनलाई अहिले तौल घटाउनुपर्ने दबाब छ ।

करिनाले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘विरे दि विडिङ्ग’ हो । यसैले, करिना अहिले योगा क्षमा विशेष ध्यान दिइरहेकी छिन् । उनी, दैनिक योगा कक्षा जान्छिन् र खानपानमा पनि विशेष ध्यान दिन्छिन् ।

For More videos Log on to Mazzako TV