बलिउड अभिनेत्री विपाशा वासु र अभिनेता करण ग्रोवरले बिहे गरेको एक बर्ष पुग्न लागेको छ । बिहेको एक बर्षको अवधीलाई विपाशाले निकै सुन्दर तरिकाले बिताएकी छिन् ।

विपाशा र करणको बिहे अघि प्रेम थियो । सायद, यसैले पनि होला विपाशा करणसँग बिताएका हरेक पल संझिरहेकी छिन् । उनलाई लाग्छ कि, आफ्नो मिल्ने साथीसँग बिहे गर्नु सुन्दर पल हो ।

उनले ट्विटरमा केहि तस्बिर शेयर गर्दै लेखेकी छिन् कि-‘मेरो बिहेको एक बर्ष पुरा हुन लाग्यो । यदि, तपाइले आफ्नो निकै मिल्ने साथीसँग बिहे गर्नुभयो भने त्यो सुन्दर चीज हुनेछ । करण तिमीलाई संझिरहेकी छु । तिमी आउने दिन गनिरहेकी छु ।’

For More videos Log on to Mazzako TV