‘छक्का पञ्जा’ का महत्वपूर्ण दुई व्यक्ति सिक्वेलमा नदोहोरिने भएका छन् । फिल्म लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र संगीतकार राजनराज सिवाकोटी ‘छक्का पञ्जा २’ नदोहोरिने भएका हुन् । किन त ?

‘हामीले सक्दो कोशिस गर्दा पनि उहाँहरु नदोहोरिने हुनु भयो’ दीपकले भने, ‘पुरुजी अर्को फिल्ममा व्यस्त हुनु भयो राजनराज जीको गीत नै नरहने भयो ।’ सिनेम्याटोग्राफर प्रधान अर्को फिल्ममा व्यस्त हुने भएपछि ‘छक्का पञ्जा २’ मा दिर्घ गुरुङको छायाँकन रहने भएको छ भने संगीत किरण कंडेलको संगीत रहने भएको छ । पुरुले दिपक र दिपाको फिल्म ‘छ एकान छ’ देखि ‘छक्का पञ्जा’ सम्म खिचेका छन् भने  राजनराजले ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’ जस्ता सर्वाधिक चर्चित गीतमा संगीत दिएका छन् ।

दिपाश्री निरौलाकै निर्देशन रहने फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ज्योत्सना योगी लगायत कलाकारहरुको अभिनय रहनेछ । असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यही बैशाखको दोश्रो सातोदेखि छायाँकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV