४२ औँ साधारण सभाबाट सर्वसम्मत रुपमा चयन भएको नेपाल चलिचत्र संघको नयाँ कार्य समितिले बिहिबार पदभार ग्रहण गरेका छन् । संघको कार्यालय विशालनगरमा अध्यक्ष प्रदीप कुमार उदय सहित अन्य कार्य समिति पदाधिकारीले निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

पदभार ग्रहण गरेपछि प्रदीप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले एक अर्काको अस्तित्व स्विकार गर्न नसकेका कारण नेपाली फिल्म क्षेत्रका हित हुन नसकेको बताए । चलचित्र संघको साधारण सभा दुई महिना अगाडी हेटौंडामा भएको थियो । यो संघ नेपाली फिल्मको लामो इतिहास बोकेको संस्था हो ।

For More videos Log on to Mazzako TV