वान सट ओके फिल्मको रुपमा गिनिज बुक अफ् दि वल्र्ड रेकर्डसमा नाम लेखाउने तयारीमा रहेको फिल्म ‘जालो’ को ट्रेलर रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै यो फिचर फिल्मको ट्रेलर रिलिज गरिएको हो । अराज केशव गिरीको निर्देशनमा बनेको फिल्म ‘जालो’ को ट्रेलर यस्तो छ :

असम्भव कार्य सम्भव भएकोमा आयोजित प्रेसमिटमा ‘जालो’ टिमले खुसी व्यक्त गर्यो । विशेष गरी निर्देशक गिरी र छायाँकार हरी घले लामाको टिमले प्रशंसा गरे । वरिष्ठ फिल्मकर्मी नीर शाहले सुरुमा आफुलाई फिल्म बन्ने कुरामै शंका लागेको र पटक पटक रिहल्सर्स गर्दा रिस समेत उठेको बताए ।

निर्देशक गिरी र मोहित मुनालको संयुक्त निर्माण रहेको फिल्ममा नीर शाहसँगै कलाकारहरु अनुपविक्र शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘जालो’ आउँदो जेठ १९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

 

For More videos Log on to Mazzako TV