गायक सोनु निगमले आफ्नो कपाल मुन्डन गरेका छन् । उनले, कपाल मुन्डन सामान्य कारणले गरेका भने होइनन् । उनले, कपाल मुन्डन गर्नुको पछाडि धर्म जोडिएको छ ।

सोनुले गरेको केहि ट्विटले चर्को विरोध भएपछि उनी कपाल मुन्डन गर्न वाध्य भएका हुन् । उनले ट्विटरमा लेखे-‘भगवान्ले सबैलाई खुशी राखुन् । म मुस्लिम होइनँ र मलाई अजानका कारण बिहान चाडै उठ्नुपर्‍यो । भारतमा कहिले धर्मको खेल बन्द हुन्छ ।’

उनले फेरि अर्को ट्विट गर्दै लेखे-‘जुन समय मोहम्बद साबले इस्लाम बनाएका थिए, त्यतिबेला विजुली थिएन । तर, अहिले नयाँ खोज भैसकेको छ । अब बिहान बिहान यसको आवश्यकता किन छ ?’

उनले मन्दिर, मस्जिद, गुरुद्धारमा बिहान बिहान हुने किर्तन र आरतीको समयमा आउने आवाजको बिषयमा प्रश्न उठाएका थिए । तेश्रो ट्विटमा उनले लेखे-‘मलाइ लाग्दैन कि, मन्दिर या गुरुद्धारमा विजुलीको प्रयोग ती मानिसहरुलाई उठाउनका लागि गरिन्छ, जसले त्यो धर्म नै मान्दैनन् ।’ यसपछि फेरि अर्को ट्विटमा उनले लेखे-‘गुन्डागर्दी मात्र छ ।’
४ वटा ट्विटपछि ट्विटरमा हंगामा भयो । पश्चिम बंगालमा मुस्लिम धर्म मान्ने एक व्यक्तिले चुनौती दिदै लेखे कि-‘यदि कसैले सोनु निगमको कपाल ‘मुन्डन’ गरेर घाँटीमा जुत्ताको माला लगाएर देश घुमाउँछ भने, म उसलाई १० लाख रुपैयाँ पुरस्कार दिनेछु ।’

यो च्यालेन्ज स्विकार गर्दै सोनुले आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कपाल मुन्डन गरेका छन् । उनले, ती व्यक्तिलाई १० लाख रुपैयाँ तयार राख्न पनि चुनौती दिएका थिए ।

सोनुले मिडियासँग भने-‘मानिसहरु मलाई सोधिरहेका छन् कि, मैले ट्विटरमा मात्र ‘मोहम्मत’ को नाम किन लेखे ? म यो भन्न चाहन्छु कि मेरो उनको वेइज्जती गर्ने कुनै सोच थिएनँ । म नास्तिक होइनँ । म धर्ममा विश्वास राख्छु । मैले हालै मात्र गुरुद्धारमा गएर खानेकुरा खाएको छु । मैले कहिल्यै पनि समाजको वेइज्जत गरेको छैन र मेरो धर्म नै उत्कृष्ट हो भनेर पनि भनेको छैन ।’

For More videos Log on to Mazzako TV