अभिनेता रविना टन्डनको अहिले खास क्रेज छैन । तर, उनी अभिनित फिल्म ‘मातृ’ शुक्रबारबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारको क्रममा उनले बलिउडका चर्चित अभिनेताद्धय सलमान खान र आमिर खानमाथि अचम्मको आरोप लगाएकी छिन् ।

उनलाई एक पत्रकारले प्रश्न सोधे कि, तपाई यदि ‘अन्दाज अपना अपना २’ बन्यो भने काम गर्न चाहनुहुन्छ ?’ यसको जवाफमा उनले भनिन्-‘पक्कै पनि चाहन्छु । तर, सलमान र आमिर निकै चलाख छन् । तर, फिल्मको सुरुवातमै उनीहरु मेरो र लोलोको तस्बिरमा माला झुण्ड्यादिन्छन् र भन्छन् कि-‘हाम्रा श्रीमतिको मृत्यु भयो ।’ यति भनेर उनीहरु २१ बर्षका कुनै हिरोइनको पछि भाग्नेछन् ।’

यो जवाफ दिएर रविना निकै ठूलो आवाज आउने गरि हाँसिन् । कतै, उनले घुमाउरो शैलीमा ५० बर्ष काटिसक्दा पनि सलमान र आमिर २१ बर्षका अभिनेत्रीको साथमा काम गरिरहेकी छिन् भने ब्यङ्ग्य गर्न खोजेकी त होइनन् ?’

For More videos Log on to Mazzako TV