अभिनेता सलमान खानले आफू अभिनित नयाँ फिल्म ‘ट्यूबलाइट’को प्रचारका लागि एउटा अनौठो शैली अपनाएका छन् । सलमान अभिनित यो फिल्म इदमा रिलिज हुँदैछ । तर, यो फिल्मलाई लिएर मानिसहरुमा उत्साह खुबै छ ।

सलमान अभिनित यो फिल्मको पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा सलमानले घाँटीमा जुत्ताको माला लगाएका छन् । जुत्ताको माला लगाएपनि उनी निकै खुशी देखिएका छन् । साथमा, उनले स्यालुट पनि गरेका छन् । सलमानको यो स्टाइलले फिल्मको कथावस्तुलाई गम्भिर रुपमा वुझाउने कोशिश गरेको छ ।

फिल्ममा सलमानको साथमा सोहिल खान र एक चीनियाँ अभिनेत्रीको अभिनय छ । फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् । फिल्मले भारत र चीनको कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV