बलिउड अभिनेता शाहरुख खानसँग डेब्यू गरेकी अभिनेत्री दीपिका पादुकोण यतिखेर आफैँ स्टार बनिसकेकी छिन् । फिल्म ‘ओम शान्ति ओम’बाट सन् २००८ मा बलिउड प्रवेश गरेकी दीपिकाको बारेमा ओम शान्तिकै निर्देशक फराह खानले केही रहस्य खोलेकी छिन् ।

फराहले दीपिकालाई आफ्नो फिल्मको लागि प्रतिक्षा गर्न भनेकी थिईन् । त्यो भन्दा पहिले दीपिका हिमेश रेशमिया सँग डेब्यू गर्ने तरखरमा थिईन् । एक अन्तर्वार्ताको क्रममा फराहले भनेकी छिन् –‘शाहरुख खानसँग पहिलो रोमान्टिक सिन दिँदा दीपिका डरले कामेकी थिइन् ।’ दीपिका कन्नड भाषा बोल्थिन् । सोही कारण ओम शान्ति ओममा दीपिकाको आवाजमा अर्कैले डबिङ गरेको थियो । तर अहिले दीपिकाले बोल्ने हिन्दी भाषा प्रति निकै खुशी लाग्ने गरेको फराह बताउँछिन् फराहको गालीले दीपिका एक पटक सुटिङमै रोएकी छिन् जसको कारण चार घण्टा लगाएर गरेको मेकअप पुनः गर्नु परेको थियो ।

For More videos Log on to Mazzako TV