बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री सोनाक्षी सिन्हाविच केहि समय प्रेम चल्यो । फिल्म ‘तेभर’को छायांकनका क्रममा यी दुइविच प्रेम चलेको चर्चा मिडियामा आयो । तर, अहिले यी दुई एक अर्काबाट अलग भैसकेका छन् ।

हुनत, यी दुइले प्रेमको खबरलाई कहिल्यै पनि स्विकार गरेनन् । तर, पनि अर्जुन र सोनाक्षीले छोटो समयमै निकट भएको दुरी छोटो समयमा नै टाढाको बनाए ।

अभिनेता, अर्जुन कपुर आफूहरुविचको दुरी टाढा नभएको बताउँछन् । उनका अनुसार, त्यसपछि सोनाक्षी सिन्हासँग उनको काम गर्ने अवसर नमिलेको हो ।

उनले, पार्टीमा भेट्दा वा देख्दा आफूहरु बोल्ने गरेको पनि सुनाए । अर्जुनले, सोनाक्षीको फिल्म ‘नुर’को ट्रेलर हेरेको र उनी आफ्नै शैलीमा अगाडि बढेको भन्दै प्रशंसा गरेका छन् ।

For More videos Log on to Mazzako TV