बिगत चार वर्षदेखि अस्वस्थ रहेका कलाकार दीपक क्षेत्रीलाई फिल्म ‘राज्जा रानी’ले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।  फिल्मका निर्माता एमके पौडेल, निर्देशक यम थापा, अभिनेता नाजिर हुसेन र अभिनेत्री केकी अधिकारी सहितको टोलीले उनको डिल्लीबजार स्थित डेरामै पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । क्षेत्रीले ‘राज्जा रानी’मा अभिनेत्रीका पिताको भूमिका निर्वाह गरेका छन् । क्षेत्रीको उपचारका लागि गत फागुन १८ गते फिल्मले नेपालगञ्ज सेटबाटै रकम संकलन थालनी गरेको थियो । अन्य क्षेत्रबाट सहयोग मिले पनि सरकारले आफ्नो उपचारमा वास्ता नगरेको भन्दै दीपकले दुःखेसो पोखेका थिए ।

२०४१ मा फिल्म ‘विश्वास’बाट अभिनय सुरुवाद गरेका क्षेत्रीले डेढ सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनकी पत्नी कलाकार विपना बस्नेतले अब शल्यक्रियाका लागि आफूहरु लाग्ने जानकारी दिइन् । कलाकार क्षेत्रीलाई यसअघि अमेरिकामा बस्दै आएका फिल्मकर्मीको समूहबाट ५ लाख र यूकेका नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट ३ लाख रुपैंयाँ सहयोग प्राप्त भएको छ ।

For More videos Log on to Mazzako TV