मानिसलाई सधै समयले साथ दिदैन । समयले साथ नदिएपछि कमाएको स्टारडम, नाम र चर्चा गुमाउनुपर्छ ।
भारतका चर्चित कमेडियन कपिल शर्मा अहिले त्यस्तै स्थिती भोगिरहेका छन् ।

आफ्ना सहकर्मी कलाकार सुनिल ग्रोवरसँग झगडा गरेपछि कपिलको चर्चा नकारात्मक रुपमा बढी भयो । उनको शो, सुनिलले छाडेपछि टीआरपीमा पनि कमजोर देखियो ।

कपिलले, बल्ल वुझेका छन् कि समय सधै एकनाशले चल्दैन । अहिले, उनी आफ्नो इमेज सुधार्नका लागि आफ्नो प्रतिस्पर्धी टेलिभिजन च्यानलको शोमा पनि पुगिरहेका छन् । उनी, सोनी टेलिभिजनबाट प्रशारण हुने शो ‘सबसे बडा कलाकार’ नामक शोमा पुगेर पनि बालबालिकाको हौसला बढाइरहेका थिए ।

कपिलको सुनिलसँगको झगडा महंगो परिरहेको छ । अनी, अहिले पुरानो इज्जत फर्काउने दौडमा छन् ।

For More videos Log on to Mazzako TV