कलाकार गौरव पहारीले पहिलो फिल्म ‘मञ्जरी’ बाटै ‘फोहोरी केटा’ को ट्याग पाएका थिए । आधा दर्जन फिल्ममा अभिनय गर्दा पनि गौरवले पहिलो फिल्मबाट पाएको ट्याग हटाउन सकेका थिएनन् । तर, एउटा म्युजिक भिडियोले भने गौरवले नयाँ ट्याग पाएका छन्, ‘साइँला’ । सुपरहिट गीत ‘सुन साइँली’ मा अभिनय गरेपछि गौरवलाई धेरैले ‘साइँला’ भनेर बोलाउन थालेका छन् ।

गौरवले नयाँ ‘साइँला’ ट्याग मात्रै पाएका छैनन्, उनी हिजोआज व्यस्त पनि भैरहेका छन् । साइँला यति धेरै व्यस्त भएछन् कि नेपाली नयाँ बर्षमा उनले आफ्ना बुवालाई शुभ कामनाको सन्देश पनि मोबाइलमा पठाउनु परेछ । हालै आयोजित फिल्म ‘रातो घर’ को ट्रेलर लञ्च कार्यक्रममा गौरवले भने, ‘हिजो आज अलि व्यस्त छु । बुवालाई नयाँ बर्षको शुभकामना पनि मोबाइलमा पठाउनु पर्यो ।’ कार्यक्रममा उनका बुवा अर्थात् कलाकार टिका पहारी पनि उपस्थित थिए । ‘साइँली’ भिडियो :

भर्खरै फिल्म ‘पसिना’ को छायाँकन सकाएका गौरव आफ्नै होम प्रोडक्सनको फिल्मको तयारीमा व्यस्त छन् भने उनी अभिनित फिल्म ‘रातो घर’ जेठ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । हेमन्त राणाले गाएको ‘सुन साइँली’ बोलको गीतलाई युट्युवमा हालसम्म एक करोड बढीले हेरिसकेका छन् । भिडियोमा गौरव र मेनुका प्रधानले जीवन्त अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV