नायिका निशा अधिकारी निर्मित फिल्म ‘झ्यानाकुटी’ को सम्पूर्ण छायाँकन सकिएको छ । सुरु गरेको एक महिनामा फिल्मको छायाँकन सकिएको निशाले जानकारी दिइन् । धम्पुसबाट सुरु भएको फिल्मको सुटिङ पोखराको फेवाताल छेउमा सामुहिक तस्बिर खिचाउँदै सकिएको हो । सिमोश सुनुवारको निर्देशक रहेको फिल्ममा अभिनेता सौगात मल्ल र नायिका वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

‘खराब मौसम र बाल कलाकारको ८० बढी सिन हुँदा पनि फिल्मको छायाँकन एक महिनामा सकिएको छ’ पहिलो पटक निर्मात्री बनेकी निशाले उत्साहित हुँदै भनिन्, ‘अब केही दिनमै पोष्टको काम सुरु गर्नेछौं ।’ सुटिङ एकदमै राम्रोसँग सकिएको बताउँदै निशाले निर्देशक, कलाकार र सम्पूर्ण प्राविधिकलाई धन्यवाद दिइन् । निशाले निर्देशक सुनुवारलाई फिल्म निर्देशनमा सघाएकी छिन् । सिनेम्याटोग्राफर हरी हुँमागाईंले फिल्म खिचेका छन् । छायाँकन सकिएपनि निशाले ‘झ्यानाकुटी’ को प्रदर्शन मिति भने तय गरिसकेकी छैनन् । यद्पी उनले दशैं अगाडी नै फिल्मलाई दर्शकमाझ ल्याउने बताइन् । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्नेछन् । ‘झ्यानाकुटी’ कमेडी जनराको फिल्म हो ।

For More videos Log on to Mazzako TV