गायक मोहमद वारिस खानको ‘कि त मेरो मुटुलाई’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक खानको दोस्रा एल्बम ‘आगो र फुल’ मा समाबेश उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । युवराज वाईवाले निर्देशन गरेको भिडियोमा अनिल र दीपशिखाको अभिनय रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादक हुन् । विभिन्न मनोरम दृष्य समावेश गरिएको भिडियो उत्कृष्ट बनेको छ । त्यस्तै अनिल र दीपशिखाको जोडी समेत लोभलाग्दो छ । भिडियो हेर्नुहोस् :

संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतको शब्द भने शितल कादम्बिनीको हो । आमोस तामाङ्गले गीतको संगीत संयोजन गरेका हुन् ।

For More videos Log on to Mazzako TV