लेखक, निर्देशक तथा निर्माता विकासराज आचार्यले ‘नाईं नभन्नू ल’ को ५ औं सिरिज निर्माण गर्ने भएका छन् । आफ्नो ५५ औं जन्मदिनको अवसर पारेर विकासले ‘नाईं नभन्नू ल ५’ निर्माणको घोषणा मज्जाको अनलाइन डटकम मार्फत गरेका हुन् । फिल्म ‘नाईं नभन्नू ल’ एकमात्र लामो हिट सिरिज हो ।

‘स्क्रिप्टको काम हुँदैछ’ वर्थ डे म्यान आचार्यले भने, ‘अर्को नयाँ बर्षमा दर्शकमाझ ‘नाईं नभन्नू ल ५’ ल्याउँछु ।’ बाल कलाकार अनुभव रेग्मी बाहेक अन्य कलाकार पक्का भैनसकेको बताउँदै यसअघिका श्रृङखलाका केही कलाकार दोहोरिने समेत उनले खुलाए । उसो त डेढ बर्ष अगाडी ‘नाईं नभन्नू ४’ दर्शकमाझ ल्याएका विकासले दिपक र दिपाले निर्माण गर्ने ‘छक्का पञ्जा’ लगानीमा साझेदारी गरेका छन् भने फिल्मको कथा पनि उनकै हो ।  नेपालमा सबै भन्दा लामो ‘नाईं नभन्नू ल’ सिरिज बनाउने निर्माता तथा निर्देशक आचार्यलाई जन्मदिनको मज्जाको शुभकामना । आफन्तको निधनका कारण उनले वर्थ डे भने सेलिव्रेसन गर्ने छैनन् ।

For More videos Log on to Mazzako TV