के बलिउड अभिनेत्री कंगना रनावतले काम गरिरहेको फिल्म ‘सिमरन’मा उनी सुपर गर्लको भूमिकामा देखिदैछिन् । सार्वजनिक भएको तस्बिर हेर्दा दर्शकलाई त्यस्तै लाग्नु स्वभाविक नै हो । ‘रंगुन’ फिल्म असफल भएपछि अहिले कंगना फिल्म ‘सिमरन’बाट निकै नै आशावादी देखिएकी छिन् ।

यो फिल्मको एक दृश्यमा कंगनाले सुपरहिरो पहिरन लगाएकी छिन् । उनको यो तस्बिर हेर्दा नै उनी, बलिउडका केहि हिरो जस्तो सुपरहिरो बन्न खोजेकी हुन् कि भन्ने देखाएको छ । तर, यो कुनै सुपरहिरोले लगाउने पहिरन नभएको भारतीय मिडियामा उल्लेख छ ।

कंगना एउटा पार्टीमा निकै क्रेजी रुपमा मनोरञ्जन लिइरहेकी छिन् । सोहि, पार्टीका लागि उनले फिल्म भित्र यस्तो पहिरन लगाएकी हुन् ।

For More videos Log on to Mazzako TV