राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतकी महिला तथा बालिबालिका राज्यमन्त्री कृष्णा राजले विमानस्थलमा स्वागत गरेपछि नेपालीहरुले यसको चर्को आलोचना गरेका छन् । राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले ‘रिसिभ’ गर्दा राष्ट्रपतिको सम्मान नभएको भन्दै सामाजिक सञ्जालबाट आलोचना सुरु भएको हो ।

यसमा महानायक राजेश हमाल पनि थपिएका छन् । राष्ट्रपतिलाई भारतको त्यस प्रकारको सत्कारले नेपालको सार्वभौम र स्वतन्त्रतामा आँच पुगेको महानायक हमालले सोमबार राती आफ्नो फेसबुकमा लेखेका छन् । स्टाटस यस्तो छ : 

यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन । तर कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्र्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्,स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । सरकारलाई लाज हुने पर्ने ।’

For More videos Log on to Mazzako TV