बलिउडमा हाल सम्मकै सबैभन्दा बढी लगानीमा ‘२.०’ फिल्म बन्ने भएको छ । ४०० करोड भारुमा बन्ने उक्त फिल्मलाई एस शंकरले निर्देशन गर्ने छन् । यो फिल्ममा अभिनेता अक्षय कुमारको समेत भुमिका रहने छ । यतिखेर चर्चा भने फिल्ममा काम गरे वापत अक्षयले लिएको पैसाको भइरहेको छ । यो फिल्मको सुटिङमा अक्षयले २० दिन बिताएका छन्, भने पारिश्रमिक वापत उनले ४० करोड भारु लिएका छन् ।


यसअघि रिलिज भएको उनको अर्को फिल्म ‘जोली एलएलबी २’ का लागि ४२ करोड पारिश्रमिक बुझेका थिए । यही वर्ष अक्षय कुमारलाई फिल्म ‘रुस्तम’ का लागि नेशनल अवार्ड प्रदान गरिएको थियो । साइन्स फिक्सनमा आधारित फिल्म ‘२.०’ मा मुख्य भूमिका रजनीकान्तले निभाएका छन् । उनले पारिश्रमिक वापत ६० करोड भारु लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले फिल्मका लागि दुई वर्ष सुटिङ गरेका छन् । फिल्म आगामी दीपावलीमा रिलिज हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV