तीन वर्ष अघि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘मेघा’ युट्युवमा रिलिज भएको छ । शनिबार रिलिज भएको नम्रता श्रेष्ठ स्टारर फिल्मलाई सोमबार बिहानसम्म करिब साढे तीन लाखले हेरेका छन् भने नेपालको युट्युवको २७ नम्वर ट्रेन्डिङमा छ । फिल्म हेर्नुस् : 

सम्झना उप्रेती रौनियार निर्देशित फिल्म ‘मेघा’ मा नम्रतासँगै मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला, नायक रेमनदास श्रेष्ठको मुख्य भूमिका रहेको छ । गोपाल योञ्जनको संगीत रहेको फिल्ममा रामशरण उप्रेतीको सिनेम्याटोग्राफी छ । ‘मेघा’ सवस्त इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

For More videos Log on to Mazzako TV