अस्वस्थ रहेका कलाकार दीपक क्षेत्रीको उपचारार्थ अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुको समुहले ५ लाख ४० हजार रुपैयाँ (नगद) सहयोग गरेको छ । ‘कलाकार दीपक क्षेत्री उपचार सहयोग अभियान’ को प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा चन्दले कलाकार क्षेत्री बस्दै आएको डिल्ली बजारमा रहेको डेरामै पुगेर उक्त रकम आइतबार हस्तान्तरण गरिन् ।

अमेरिकामा रहेका कलाकर्मीले सुरु गरेको यस अभियानबाट हालसम्म करीब ९ लाख ११ हजार रुपैयाँ संकलन भैसकेको । कलाकार क्षेत्रीको  पहिलो चरणको उपचारको लागि उक्त रकम हस्तान्तरण गरिएको अभिनेत्री चन्दले जानकारी दिइन् । निर्देशक सुरेश दर्पण पोखरेलको संयोजकत्वमा सुचारु उक्त अभियानले अमेरिकामा रहेका कलाकर्मीबाट मात्र ५ लाख ४० हजार रकम संकलन गरेको छ ।  यस्तै ‘गोफन्डमी’ नामक च्यारेटी वेबसाइटका कलाप्रेमी करिब ३ लाख ८२ हजार जम्मा भैसकेको जारी प्रेस रिलिजमा उल्लेख छ ।

घाँटीमा मासु पलाएर बिरामी परेका कलाकार क्षेत्रीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको पत्नी  बिपना बस्नेतले बताइन् । सम्पूर्ण सहयोगीलाई धन्यवाद दिदैं निको भएर अभिनयमा फर्किने कलाकार क्षेत्रीले आशा व्यक्त गरे । दर्जनौं फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार क्षेत्रीको उपचारको लागि चलचित्र पत्रकार संघ नेपाल, विभिन्न संघ संगठन र कलाकर्मीले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV