नयाँवर्ष २०७४ को अवसरमा गीतकार डा.राजुबाबु श्रेष्ठ र संगीतकार हरी लम्सालले एकल शब्द तथा एकल संगीतमा तयार गीति एल्बम ‘अग्रज’ सार्वजनिक गरेका छन् । काठमाण्डौका पाँच रेडियो स्टेसनबाट एकैसाथ एल्बम सार्बजनिक गरिएको हो । पाँचवटा गीतहरु संग्रहित यस एल्बममा नेपालका बरिष्ठ गायकहरु प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश बैद्य, दीपक खरेल र संगिता राना प्रधानको स्वर रहेको छ ।

नेपाली गीत संगीतका धरोहरहरुको सम्मानको लागि आफुहरुले यो एल्बम निकालेको गीतकार डा.श्रेष्ठ र संगीतकार लम्सालले बताएका छन् । बिगत दुई–तीन वर्षदेखि योजना बनाएर अभिभावक पुस्तालाई नयाँ ढंगले एउटै ठाउँमा समावेश गर्न सफल भएको लम्साल बताउँछन् ।

For More videos Log on to Mazzako TV