बलिउडका सुपरस्टार अभिनेता साहरुख खानलाई शनिबार अमेरिकाको सान फ्रान्सिस्कोमा भव्य सम्मान गरिएको छ । जारी, सान फ्रान्सिस्को फिल्म महोत्सवमा अभिनेता साहरुख खानलाई सम्मान गरिएको हो । हजार भन्दा बढी दर्शकको उपस्थितीमा बलिउड अभिनेतासँग एक्स म्यानका निर्देशकले साक्षात्कार गरे ।

सो समारोहमा पुगेका अभिनेता खानले आफूले जीवनभर नै अब एसिड आक्रमणमा परेका महिलाहरुका लागि काम गर्ने बताए । उनले भने–‘उनीहरु विश्वकै सुन्दर महिला हुन् । मैले अमेरिकाका चर्चित डाक्टरहरुसँग पनि कुरा गरिरहेको छु । म उनीहरुको अनुहार फर्काउन चाहन्छु ।’ अभिनेता खानले आफ्नी छोरी सुहानाले पनि आफ्नो जीवनपछि उनीहरुका लागि काम गरेको खण्डमा आफू खुशी हुने बताए ।

साहरुखले अहिले पनि विश्वभर ‘महाभारत र रामायण’मै आधारित रहेर फिल्म बन्ने गरेको खुलाए । अभिनेता साहरुख खान पुग्दा उनका हजारौ फ्यानले उनलाई स्वागत गरेका थिए ।

For More videos Log on to Mazzako TV