करिब साढे ३ बर्ष लामो जेल जिवन बिताएर बाहिर निस्किएका अभिनेता संजय दत्त फेरि अर्को समस्यामा परेका छन् । फिल्म ‘भूमी’को छायांकनमा व्यस्त अभिनेता विरुद्ध एक फिल्ममेकरले उजुरी दिएका हुन् । साकिल नोरानी नाम गरेका फिल्ममेकरले उनीविरुद्ध उजुरी दिएका छन् । उनलाई चेक वाउन्सको आरोप पनि लगाइएको छ ।

संजयले एक फिल्मको छायांकनका लागि ५० लाख लिएका थिए । तर, यो फिल्मको २ दिन मात्र छायांकन गरेर उनले काम गरेनन् । तर, उनले फिर्ता दिएको चेक वाउन्स भयो । जसकाकारण, नुरानी प्रहरी गुहार्न पुगेका हुन् ।

संजयका प्रवक्ताले भने यो मुद्दा लामो समयदेखि चलिरहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV