मोडल तथा अभिनेत्री गौहर खान अहिले चर्चामा छिन् । विद्या बालन जस्ती अभिनेत्रीले मुख्य भूमिका निर्वाहा गरेको फिल्म ‘बेगम जान’मा उनको कामको चर्चा छ । बलिउड स्टारहरुले काम गरेको फिल्ममा अरु कलाकार छायाँमा पर्छन् । तर, यसपटक भने विद्यासँगै गौहरको पनि चर्चा उस्तै छ । उनको पावरफूल अभिनयलाई लिएर अहिले सामाजिक संजाल र मिडियामा राम्रै प्रशंसा भैरहेको छ ।

उनै, गौहरले आफूले यो फिल्ममा काम गर्न पाउनु ठूलो सफलता भएको बताएकी छिन् । उनले फिल्ममा काम गर्दा आफूहरुलाई स्वतन्त्रता भएको पनि बताएकी छिन् । उनले फिल्मको छायांकन अगाडि करिब १ महिना वर्कसपमा बिताएको पनि खुलाएकी छिन् ।

उनले फिल्मको छायांकन सेटमा भएपनि आफूहरुलाई पहिले देखि नै भूमिका र दृश्य थाहा भएकाले काम गर्न सजिलो भएको स्पष्ट पारिन् । फिल्मले शुक्रबार र शनिबार भने औषत व्यापार गरेको छ ।

For More videos Log on to Mazzako TV