बर्दीवास १, महोत्तरीमा कलाकारद्वाय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको तेश्रो एकीकृत नमुना मुसहर बस्ती नेपाली नयाँ बर्ष ०७४ बैशाख १ को अवसर पारेर हस्तान्तरण गरिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ ले मुसहर बस्तीका अध्यक्ष विल्टु सदालाई बस्तीको साँचो हस्तान्तरण गरे ।

मुसहर बस्तीमा ५३ घर सहित सामुदायिक भवन र टावर समेत बनेको छ । तीन महिना लगाएर धुर्मुस सुन्तलीको समुहले उक्त बस्ती निर्माण गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनका प्रोजेक्ट म्यानेजर अर्जुन कुमार न्यौपानले ६ करोड प्राप्त सहयोग रकममा मुसहर बस्ती निर्माणमा ४ करोड ७६ लाख खर्च भएको हिसाब सार्वजनिक गरे । यस्तै फाउण्डेशनका अध्यक्ष धुर्मुसले सरकारलाई चुनौती दिन आफुहरुले बस्ती निर्माण नगरेको बताए । उनले भने, ‘हामीले सरकारलाई चुनौती दिन बस्ती बनाइरहेका होइनौं । हामीले त सरकारलाई सघाउन बस्ती बनाइरहेका हौं । देश विकासको गतिलो आधार भने एकीकृत नमुना बस्ती निर्माण नै हो ।’

यता मदनकृष्ण श्रेष्ठले भने धुर्मुस र सुन्तलीले सरकारले नै गर्न नसक्ने काम गरेको बताउँदै उनीहरुलाई स्यावासी दिए । हरिवंशले धुर्मुस सुन्तलीका आमा बालाई धन्यवाद दिदैं आफ्नो लागि समेत धुर्मुस सुन्तली गुरु रहेको बताए । उनीहरुले मुसहर बस्ती सरसफाईको लागि एक लाख समेत सहयोग गरे । बस्ती हस्तान्तरण कार्यक्रममा मह जोडी सहित सरकार र संघ संस्थाका प्रतिनिधि, विद्यालय तथा कलेजका विद्यार्थी, स्थानिय र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । धुर्मुसुन्तलीले यसअघि पहरी र गिरान्चौर गरी दुई बस्तीहरु निर्माण गरिसकेका छन् । तस्बिरहरु : उद्धव रसाईली 

Watch Mazzako Video Here :-

For More videos Log on to Mazzako TV