बलिउड अभिनेत्री आलिया भट्टले छोटो समयमा नै ठूलो सफलता पाइरहेकी छिन् । उनलाई, केहि दिन अगाडि मात्र भारतको प्रतिष्ठित अवार्ड ‘लोकमत महाराष्ट्रियन अफ द इयर’को प्रदान गरिएको थियो ।

उनै, आलियालाई विश्वको चर्चित आर्थिक पत्रिका फोर्ब्स ले ३० बर्ष तलका चर्चित एसियन व्यक्तिहरुको सूचीमा समावेश गरेको छ । उनलाई, टप सेलिव्रेटीको स्थान चर्चित पत्रिकाले दिइको छ ।

छोटो समयमा नै बलिउडमा सफल फिल्म दिइसकेकी आलियाले २४ बर्षमै घर किनेर चर्चा पाएकी थिइन् । उनको साथमा, ठूला कम्पनीका विज्ञापन र फिल्म छन् ।

For More videos Log on to Mazzako TV