अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननविचको प्रेम चर्चा खुबै चलेको छ । यो जोडी फिल्म ‘रब्ता’मा एकसाथ काम गरेपछि प्रेममा परेको हो । यसपछि, यो जोडीलाई भारतीय मिडियाले धेरै स्थानमा क्याप्चर गरेका छन् ।

यो जोडी अभिनित फिल्म ‘रब्ता’को फस्टलुक सार्वजनिक भएको छ, जसमा उनीहरुले रोमान्स गरिरहेको देख्न सकिन्छ । फिल्मको फस्टलुकमा कृति सुशान्तको अंगालोमा छिन् र उनलाई चुम्बन गरिरहेकी छिन् । दिनेश विजानले यो फिल्मको निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV