गायक, गीतकार तथा संगीतकार कृष्ण कट्टेलको सांगीतिक एल्बम ‘अक्षर’ सार्वजनिक भएको छ । एक कार्यक्रमका बिच पत्रकार भरत शाक्यले एल्बमको बिमोचन गरेका हुन् । उक्त एल्बममा ५ वटा गीत समावेश गरिएको छ । गायक कट्टेलले एल्बम निकाल्न गाह्रो भएपनि सांगीतिक क्षेत्रमा लाग्ने आफ्नो चाहनालाई मर्न नदिन गीत बजारमा ल्याएको बताएका छन । उनले आफू निरन्तर यस क्षेत्रमा लागि रहने बताए ।

आधुनिक र लोक शैलीको नेपाली मौलिक संगीतलाई आत्मसाथ गरी गीतहरु तयार पारिएको ‘अक्षर’ एल्बमका गीतहरु उत्कृष्ट छन् । कार्यक्रममा ‘ज्यान साइली’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । भिडियोमा नायिका हर्षिका श्रेष्ठको साथमा मोडल पवित्र भण्डारीले मोडलिङ गरेका छन् । दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका हुन् । भिडियो हेर्नुस् :

 

For More videos Log on to Mazzako TV