बलिउडका चर्चित अभिनेता अक्षय कुमारले फिल्म ‘रुस्तम’का लागि उत्कृष्ट अभिनेताको ‘राष्ट्रिय फिल्म अवार्ड’ जितेपछि अहिले यसले खुबै चर्चा पाइरहेको छ । यो घोषणा हुने वित्तिकै अक्षय अवार्डका लागि लायक थिएनन् भन्ने खालका टिप्पणी सामाजिक संजालमा खुबै भयो ।

यो बिषयमा पहिलो पटक मुख खोल्दै अक्षयले भनेका छन्-‘मैले यो क्षेत्रमा २५ बर्ष बिताइसकेको छु । र मैले कहिल्यै पनि अवार्डका लागि कसैको मद्दत मागिनँ ।’ उनले जुरीमा उनका नजिकका निर्देशक पि्रयादर्शन भएका कारण आफूले अवार्ड पाएको भन्ने चर्चालाई पनि खण्डन गरेका छन् ।

केहि दिन अगाडि पि्रयादर्शनले जुरीमा आफू बाहेक अन्य ३ दर्जन सदस्य भएको भन्दै यति धेरै सदस्यमाथि कसरि प्रश्न चिन्ह उठाउन सकिन्छ भनेर मिडियामा बताएका थिए । अक्षयले ‘राष्ट्रिय फिल्म अवार्ड’ पाउनुको पछाडि पि्रयादर्शनको हात छ भन्ने चर्चा चलिरहेको छ ।

For More videos Log on to Mazzako TV