बलिउडमा अभिनेता सलमान खानलाई इदको हिरो भनिन्छ । सलमानको फिल्म इदमा रिलिज हुन्छन् र हिट हुन्छन् । सलमानको फिल्म रिलिज हुँदा अन्य निर्माता आफ्नो फिल्म रिलिज गर्न पनि चाहन्नन् ।

तर, यसपटक सलमानको हकमा यो लागू नहुने भएको छ । यो बर्ष अभिनेता सलमान खानलाई टक्कर दिन अर्का अभिनेता आउने भएका छन् । अभिनेता सन्नी देवलको मुख्य भूमिका रहेको फिल्म ‘भैया सुपरहिट’ यो बर्षको इदमा रिलिज हुने भएको छ ।

फिल्मका निर्माता इदमा यो फिल्म रिलिज गरेर अभिनेता सलमान खानलाई कडा टक्कर दिने तयारीमा छन् । फिल्मको कथावस्तु समेत उत्कृष्ट भएकाले इदमा रिलिज हुँदा फिल्म चल्ने विश्वास निर्माताको छ । इदमा अभिनेता खान अभिनित फिल्म ‘ट्यूबलाइट’ रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV