वि.सं २०७२ सालको सफल फिल्म ‘प्रमेगीत’को सिक्वेल ‘प्रेमगीत २’ ले शीर्ष गीत रिलिज गरेको छ । गीत १९७४ एडी ब्यान्डका लिड भोकलिस्ट रोहितजोन क्षेत्री र श्रेया सोताङले गाएका छन् । नयाँ वर्ष र गायक क्षेत्रीको जन्मदिन छेकोमा ‘कहानी यो प्रेमगीतको’ बोलको गीत रिलिज गरिएको हो । अमृत मरहठ्ठाको शब्दमा कल्याण सिंहले संगीत भरेको गीत कर्णप्रिय लाग्छ ।   भिडियो हेर्नुस् :

भिडियोमा सामुन्द्री तट, गुफा, तलैया र नदी लगाएत आकर्षक दृष्य कैद गरिएको छ । थाइल्यान्डको मनोरम दृष्यमा डेब्यु नायिका अश्लेषा ठकुरी र नायक प्रदीप खड्काको आकर्षक केमेष्ट्री देखिन्छ । फिल्ममा नेपाल र म्यानमारका दुई पात्रबीचको प्रेम र संघर्ष चित्रण गरिएको छ ।

साउन १३ गते रिलिज हुने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष सेन हुन् । निर्माता सेनका अनुसार ‘यसपटक संगीत र कथामा स्तरियता पस्कने प्रयत्न गरेका छौ ।’ ‘प्रमेगीत’ सिरिज संगीतका कारण चर्चित छ ।

For More videos Log on to Mazzako TV