बलिउड अभिनेता सलमान खान र रोमानियाकी मोडल लुलिया वन्तुर विचको प्रेम चर्चामा छ । मिडियामा दैनिकजसो यी दुइको प्रेमकथाको चर्चा हुन्छ ।

लुलिया र सलमानले प्रेम त स्विकार गरेका छैनन् । तर, लुलिया सलमानको परिवारको हरेक कार्यक्रममा देखिएकी हुन्छिन् । उनै, सलमानले प्रेमिका लुलियालाई कार उपहार दिएका थिए । अब, सलमानले प्रेमिकाका लागि घरको समेत व्यवस्था गरिदिएका छन् ।

मिडिया खबरलाई मान्ने हो भने, सलमानले लुलियालाई एउटा घर उपहार दिदैछन् । केहि दिनमै लुलियाले घरको चापी उपहार पाउनेछिन् । लुलिया अहिले भाडाको घरमा बस्दै आएकी छिन् । अब, सलमानले उनका लागि महंगो घर समेत उपहार दिएका छन् ।

For More videos Log on to Mazzako TV