यसपटकको तिहारमा सोलो रिलिज हुने भनिएको फिल्म ‘२.०’लाई अब बलिउडका अर्का एक सुपरस्टारले टक्कर दिने भएका छन् । फिल्म ‘रोबर्ट’को सिक्वेलको रुपमा निर्माण भएको यो फिल्म तिहारमा सोलो रिलिज हुने पक्का थियो । फिल्ममा रजनीकान्त, अक्षय कुमार जस्ता सुपरस्टारहरुले काम गरेका छन् ।

तर, अब अभिनेता आमिर खानले उनलाई टक्कर दिने भएका छन् । अप्रिल ११ मा रिलिज हुने भनिएको आमिर खान अभिनित फिल्म ‘सेक्रेट सुपरस्टार’को प्रदर्शन मिति तिहारमा सारिएको छ ।

आमिरले फिल्मको प्रदर्शन मिति सारेपछि रजनीकान्तलाई फोन गरेको समेत भारतीय मिडियामा उल्लेख छ । यो फिल्ममा आमिरको भूमिका छोटो छ ।

For More videos Log on to Mazzako TV