फिल्म ‘लभ लभ लभ’को तर्फबाट घोषणा गरिएको ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’को उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । करिब डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनेकी हुन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘लभ लभ लभ’की निर्मात्री शर्मिला पाण्डेले एलिशालाई एक लाख नगद प्रदान गरेकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का सहभागी थिए। निर्देशक खनालले कथा छनोट गरेका हुन् । उनले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क राखे ।


उता सोच्दै नसोचेको कुरा पुरा भएको भन्दै बिजेता एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् । गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर ‘वेष्ट फिगर’ तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् । बैशाख १ मा रिलिजको लागी तयार फिल्मले यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम गरिसकेको छ ।

For More videos Log on to Mazzako TV