अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘भेन्टिलेटर’ले यो बर्ष ‘राष्ट्रिय फिल्म अवार्ड’मा ३ विधामा अवार्ड प्राप्त गर्‍यो । तर, यी अभिनेत्रीलाई अवार्डले उनको प्रतिभाको बयान गर्छ जस्तो लाग्दैन ।

उनले आफूले २ वटा भिन्न भिन्न अवार्डलाई तुलना नगर्ने समेत बताइन् । उनले भनिन्-‘हामीले अस्कर जस्तो विश्व प्रसिद्ध अवार्डमा समेत के हुन्छ भनेर हेरिसकेका छौ । मैले अवार्डलाई गम्भिर रुपमा लिएकी छैन । मैले, अवार्डलाई मेरो काममा प्रोत्साहन गर्ने माध्यमको रुपमा मात्र हेरेकी छु ।’

उनले, विश्वको जुनसुकै देशमा अवार्डको आयोजना भएपनि त्यसले कुनै पनि कलाकारको प्रतिभालाई बयान गर्न नसक्ने बताइन् । दर्शकले दिने समर्थन र माया नै सबैभन्दा ठूलो अवार्ड भएको उनको तर्क छ ।

For More videos Log on to Mazzako TV