बलिउड अभिनेता विनोद खन्ना यतिबेला गम्भिर बिरामीका कारण अस्पतालमा भर्ना भएका छन् । उनको एक तस्बिर, जब इन्टरनेटमा भाइरल भयो, धेरै मानिसहरु अचम्ममा परे । विनोद निकै दुब्लाएका छन् । उनलाई ब्लड क्यान्सर भएको चर्चा समेत मिडियामा चलिरहेको छ ।

अब, उनै विनोदलाई आवश्यक परेको खण्डमा अंग दान गर्न एक कलाकार तयार भएका छन् । कलाकार इरफान खानले भने-‘म उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आवश्यक परेको खण्डमा म उनलाई अंग दान गर्न तयार छु । उनी फिल्म क्षेत्रका एक होनाहार व्यक्ति हुन् ।’

For More videos Log on to Mazzako TV