निखिल उप्रेती अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’ को प्रदर्शन मिति पक्का गरिएको छ । छायाँकनको अन्तिम चरणमा रहेको यो फिल्म आउँदो सालको माघ ५ गतेदेखि प्रदर्शनमा आउने वितरक गोपालकाजी कायस्थले जानकारी दिए । उत्त मितिमा हालसम्म अरु फिल्मले प्रदर्शन मिति तय गरेका छैनन् ।

द्धन्द्ध निर्देशक हिमाल केसीको निर्देशन रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ मा नायिक सारा शेर्पाली एक्सन स्टार उप्रेतीको अपोजिटमा प्रस्तुत भएकी छिन् । सारा निखिलकै ‘रुद्र’ बाट डेव्यु भएकी नायिका हुन् । ‘पिंजडा ब्याक अगेन’ लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । फिल्मको लेखन मौनता श्रेष्ठले गरेका हुन् ।

For More videos Log on to Mazzako TV