फिल्म ‘कुम्भ करण’को लोक लयमा आभारित ‘कुटु कुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा समिर आचार्य र सुधा रत्नको स्वर तथा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ । नेपाली फिल्ममा लोक लयको गीत राख्ने प्रचलन बढ्दै जाँदा ‘कुम्भ करण’ मा अर्को लोक गीत थप हुन आएको हो । भिडियो हेर्नुस् :


दिपक वलीले फिल्मको निर्देशन गरेका छन् । फिल्ममा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतको अभिनय रहेको छ । क्षितिज बस्नेत फिल्मका निर्माता हुन् भने रोम ओली कार्यकारी निर्माता हुन् । भिडियो :

For More videos Log on to Mazzako TV