अभिनेता अक्षय कुमारलाई यो बर्षको ‘राष्ट्रिय फिल्म अवार्ड’मा उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरिएको छ । ६४ औ राष्ट्रि फिल्म अवार्ड अक्षयलाई फिल्म ‘रुस्तम’बाट यो अवार्ड मिलेको हो ।

कलाकारका लागि राष्ट्रिय फिल्म अवार्ड सर्वाधिक प्रतिक्षामा रहेको हुने गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चर्चित अवार्डको घोषणा गरिएको हो ।

बर्षको उत्कृष्ट फिल्मको अवार्ड भने ‘निरजा’ ले लगेको छ । अभिनेत्री सोनम कपुर अभिनित यो फिल्मले अन्य अवार्ड पनि जितेको थियो । यस्तै फिल्म ‘शिवाय’ले उत्कृष्ट साउन्ड इफेक्ट्सको अवार्ड जितेको छ ।

यस्तै, ‘पिंक, दंगल’ जस्ता फिल्मले पनि ‘राष्ट्रिय फिल्म अवार्ड’ जितेका छन् । अभिनेता अक्षय कुमारले उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि अहिले ट्विटरमा यसलाई लिएर बहस नै सुरु भएको छ ।

For More videos Log on to Mazzako TV