एकपछि अर्को असफल फिल्म दिएका कारण बलिउड अभिनेत्री परिणिती चोपडाको चर्चा अहिले खासै छैन । उनै, परिणती केहि समयको व्रेकपछि फिल्म ‘मेरी प्यारी विन्दु’ फिल्ममार्फत दर्शकमाँझ आउँदैछिन् ।

उनै, परिणितीले आफ्ना लागि यो फिल्म विशेष रहेको बताएकी छिन् । उनले लेखेकी छिन्-‘विन्दु एउटी पागल यूवती हुन् । जो, एउटा रकस्टार बन्न चाहन्छे ।’ उनले आफ्ना लागि यो भूमिका विशेष भएको पनि बताइन् । चोपडाका अनुसार, फिल्मका केहि दृश्य देखेर उनी निकै भावूक हुने गरेकी छिन् ।

परिणितीले अभिनेता सुशान्त सिंह राजपुतको साथमा फिल्म ‘तकदुम’को छायांकन पनि सुरु गरिसकेकी छिन् भने ‘गोलमाल एगेन’मा पनि काम गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV