फिल्म ‘राधे’ मा नायक निखिल उप्रेतीले बेपत्ता पारिएको नागरिकको भूमिका निभाएका छन् । तर निखिलका आफ्नै पिता द्धन्द्ध कालमा वेपत्ता पारिएका रहेछन् । आफ्नो घरको सदस्य बेपत्ता पारिंदा कस्तो महसुश भयो होला ? यो भिडियो हेर्नुस् :

यस्तै ‘चपली हाईट २’ का नायक आयुष्मान देशराजसँग प्रियंकाको प्रेम चलिहेको चर्चा बजारमा व्यापक छ । तर प्रियंका भने यस बारेमा अहिले केही पनि नखुलाउने बताउँछिन् । प्रियंका भन्छिन्, ‘बेला आएपछि म आफैं भन्छु ।’

निखिल र प्रियंकाको मुख्य भूमिका रहेको फिल्म ‘राधे’ बैशाख १ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । जगदिश्वर थापाको निर्देशन रहेको फिल्मलाई सुशिल पोखरेलले निर्माण गरेका हुन् । फिल्ममा प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायत अन्य कलाकारहरुको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV